नियम ७
साधारण राहदानी वितरण
(१) नियम ६ बमोजिम जारी भएको साधारण राहदानी जुन निकायमा निवेदन दिएको हो सोही निकायबाट बितरण गरिनेछ ।
(२) विदेशस्थित नेपाली नियोग मार्फत साधारण राहदानीको लागि निबेदन पेश गरेका निवेदकले विभागबाट साधारण राहदानी बुझिलिन चाहेमा सोको कारण खुलाई देहाय बमोजिमका कागजात सहित विभागमा निवेदन दिएमा बिभागले निवेदकलाई साधारण राहदानी बितरण गर्न सक्नेछ:-
(क) सम्बन्धित नियोगको सिफारिस,
(ख) नागरिकताको प्रमाणपत्रको सक्कल,
(ग) नियोगमा दस्तुर बुझाएको रसिद, र
(घ) राष्ट्रिय परिचयपत्र लिएको भए सो परिचयपत्रको सक्कल ।